मस्र्याङ्दी नदीको किनारमा एक व्यक्ति मृत फेला

Share:

गोरखा । मस्र्याङ्दी नदीको किनारमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सोमबार करिब ११ः१५ बजे गोरखा पालुङटार नगरपालिका–५ चेपेदोभान स्थित मस्र्याङ्दी नदीको किनारमा अन्दाजी ५० वर्षका पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ गएको प्रहरी टोलीले बुझ्दा ती व्यक्ति पालुङटार नगरपालिका–४ कुमालगाँउ बस्ने वर्ष ५० को दिल बहादुर कुमाल भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

मृतक कुमाल यही जेठ २३ गतेदेखि घरबाट आफूखुसी हिडेको भन्ने समेत खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: