काँग्रेस नेता खनालद्वारा सहयोग

Share:

पोखरा । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणि खनालले भिमादस्थित जनज्योति माध्यमिक विद्यालय र जनज्योति क्याम्पसको क्वारेन्टिनमा रहेका सर्वसाधारणका लागि खाद्य एवम् सुरक्षा सामाग्री सहयोग गरेका छन् ।

भिमाद नगरपालिका र घिरिङ गाउपालिकाका ४४ जना रहेको क्वारेन्टिन स्थलमै पुगि नेता खनालले त्यहाँको व्यवस्थापनका सम्बन्धमा जानकारी लिदै बस्दै आएका सर्वसाधारणलाई मास्क, सेनिटाइजर, पञ्जा सहित खाद्य समाग्री हस्तान्तरण गरेका हुन् ।

क्वारेन्टिनमा मास्क, पञ्जा, सेनिटाइजर अभाव रहेको जानकारी पाएका कारण १०० थान मास्क, १०० मि.लि. स्यानिटाइजर ४० बोत्तल, ग्लोब्स २०० थान, चार क्रेट अण्डा, चार कार्टुन चाउचाउ र आठ कार्टुन पानी लगायतका खाद्य सामाग्री नेता खनालले हस्तान्तरण गरे । उक्त सामाग्री क्वारेन्टिनमा रहेकाका लागि मात्र रहेको हुँदा सहि सदुपयोग गर्न आग्रह गर्दै उहाँले आवश्यक परेमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली काँग्रेस भिमाद नगर सभापति आनन्ददेव श्रेष्ठ, सचिव राजेश खनाल, ने वि संघ क्षेत्रीय सभापति मदन श्रेष्ठ, जिल्ला सदस्यद्वय संसार अन्जन सुवेदी र सुरज लम्साल, जनज्योति क्याम्पस स्व.वि.यु सभापति सुनिल श्रेष्ठ, तरुण दल शुक्ला गण्डकी सचिव ईश्वर श्रेष्ठको उपस्थितिमा ती सामाग्री नगरपालिकाका स्वास्थ शाखा प्रमुख टुकमणी सिग्देललाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा भिमाद नगरपालिका उपप्रमुख शारदा खनालले यो सहयोगले नगरलाइ थप राहत पुगेको बताउँदै काँग्रेसले सधैं यो पालिकामा असल प्रतिपक्षको भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि विगतका झै सहयोग गर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: