विश्वमा कोरोनाबाट ७१ लाख १३ हजार संक्रमित, ४ लाख ६ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर ७१ लाख १३ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्यांक अनुसार ४ लाख ६ हजार ४ सय १३ जना संक्रमणबाट मृत्यु भएको छ । भने ३२ लाख ९२ हजार ७०४ जना उपचार पछि निको भएका छन् ।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा सर्वाधिक १९ लाख ५६ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि सर्वाधिक १ लाख १० हजार ९ सय ३२ पुगेको छ।

त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ६ लाख ९१ हजार ७ सय ५८ पुगेको छ । त्यहाँ ३६ हजार ४ सय ५५ जना संक्रमणबाट मृत्यु भएको छ । रुसमा ४ लाख ७६ हजार ४३ जनामा संक्रमण पुष्टि भएको । बेलायतमा संक्रमित संख्या २ लाख ८८ हजार ८ सय ३४ पुगेको छ भने ४० हजार ६ सय ८० जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यता छिमेकी देश भारतमा २ लाख ६५ हजार ९ सय २८ जना संक्रमण पुष्टि भएको छ । त्यहाँ ७ हजार ४ सय ७३ को मृत्यु भएको छ भने १ लाख २९ हजार ९५ संक्रमणमुक्त भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: