नेपालमा कोरोनाबाट थप एकको मृत्यु

Share:

चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुटु, मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ।

यस्तै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ५८४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: