
काठमाडौँ । नेपालमा आज (मंगलबार) थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २९२ पुरुष र ३१ जना महिलामा कोरोना संक्रमण देखिएको हो।
यससँगै नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको पुगेको छ । यस्तै हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। प्रवक्ता डा गौतमका अनुसार आज इलाम जिल्लामा पनि कोरोना संक्रमण देखिएको छ।
मंगलबार थप ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरुमध्ये ८ जना महिला र ८८ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५८४ पुगेका छन्।
