
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दै छन् । बुधबार विहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको जनाइएको छ ।
यस्तै, आज नै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
गत चैत ११ गतेदेखि लकडाउन लागु गरेको सरकारले पछिल्लोपटक थपेको अवधि यही जेठ ३२ गते सकिँदै छ।
