गोरखामा कोरोना संक्रमित नै आफन्त साथीभाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे

Share:

गोरखा । कोरोना पोजेटिभ देखिएका दुई जनालाई गोरखामा गाउँघर परिक्रमा गराइएको छ । जिल्ला स्वास्थ्यकार्यालय गोरखाका प्रमुखले नतिजा नेगेटिभ आएको बताए पछि गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर मंगलबार घर पठाएको थियो । घर पुगेपछि उनीहरुलाई भेट्न गाउँलेहरु उनको घर पुगे, उनीहरु आफन्त साथीभाई भेट्न भन्दै गाउँ डुल्दै हिँडे । मंगलबार नेगेटिभ देखिएको नतिजा बुधबार पत्रकार सम्मेलनमा पोजेटिभ देखिएपछि गाउँलेहरु ससंकित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गोरखा नेपाल सरकार मातहतकै कार्यालय भएपनि यसका कार्यालय प्रमुख विद्या तामाङले आफूखुशी गर्दा रोग गाउँगाउँ पुग्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । कोरोना भाइरस संक्रमितहरुले गाउँ परिभ्रमण गरेपछि भीमसेन थापा गाउँपालिका वडा नंं १ र ५ का नागरिकहरुमा आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै चिन्तित भएका छन् ।

संक्रामक रोगसँग सम्बन्धित गोरखाका सरोकारवाला निकायहरु बजेट व्यवस्थापनका लागि एकजुट हुनेगरे पनि रोग नियन्त्रणका लागिजिम्मेवार बन्न भने सकेका छैनन् । जिल्लामा यस अघि १० जना आइसोलेसनमा रहीउपचार गराईरहेका छन् । थप संक्रमित चार जनामध्ये गाउँ घुम्ने २ जनालाई पनि गोरखा अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्
Share: