नेपालमा मनसुन भित्रिन लागेकाले बिस्तारै पानी पर्ने क्रम बढ्ने

623
0
Share:

काठमाडौँ । मनसुन भित्रिन लागेकाले अब बिस्तारै पानी पर्ने क्रम बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको एकदुई दिनमा नेपालमा मनसुन भित्रने बताइएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने भएपनि केही वर्षयता ढिला भित्रिएर ढिला नै बाहिरिने गरेको छ ।

आज (बिहीबार) देशभरी कै मौसम आशिंक देखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्यून चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: