गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार विहान जारी सूचना अनुसार ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार पर्वतमा १३ जना, स्याङ्जामा २२ जना, तनहुँमा १ जना, नवलपरासी पूर्वमा १ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै पुरुष रहेको सूचनामा उल्लेख छ।

उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको बताएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ६० जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३८ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ४ जना, पर्वतका २२ जना, गोरखाका १५ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: