ड्युटीमा रहेका सेनाका प्यूठ मृत भेटिए

560
0
Share:

काठमाडौँ । स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिक मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् ।

बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका विष्टको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

मध्यराति आफ्नो साथमा रहेको एसएलआर चलाएर आत्महत्या गरे जस्तो देखिएको बताइएको छ । उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले बताएको छ ।

बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो । हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: