आज विश्व बालश्रम विरुद्धको दिवस

892
0
Share:

काठमाडौँ । आज जुन १२ अर्थात् विश्व बालश्रम विरुद्धको दिवस । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्य विरुद्ध बालश्रम विरुद्धको दिवस मनाइँदैछ ।

बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले कोभिड–१९ का कारण बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा जोखिम उत्पन्न भएको जनाएको छ । साथै सङ्कट व्यवस्थापन तथा पुनःस्थापनाका क्रममा सबैभन्दा जोखिममा रहेकालाई प्राथमिकता दिन विश्व समुदायलाई आह्वान समेत गरेको छ ।

विश्वमा सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न छन् ।

नेपाल उच्च बालश्रम दर भएको देश हो । नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेको बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येक लाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको बालश्रमसम्बन्धी तथ्याङ्क अनुसार बालश्रमको अनुपात विस्तारै घट्दै गइरहेको छ । विभागले प्रकाशन गरेको बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण अनुसार पाँचदेखि १७ वर्ष उमेरसम्मका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: