
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट ७४ लाख ८७ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ४ लाख २१ हजार ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै विश्वभर ३५ लाख ३२ हजार ६ सय ९० जना संक्रमणमुक्त भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा सर्वाधिक २० लाख २१ हजार ९ सय ९० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि सर्वाधिक रहेको छ । त्यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख १३ हजार ७ सय ७४ पुगेको छ ।
त्यस्तै, ब्राजिलमा ८ लाख २ हजार ८ सय २८ जना संक्रमण पुष्टि भएको छ । त्यहाँ ४० हजार ९ सय १९ को संक्रमणबाट मृत्यु भएको छ । रुसमा ५ लाख २ हजार ४३६ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि ६ हजार ५३२ पुगेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ९२ हजार ८ सय ६० पुगेकोे छ। त्यहाँ ४१ हजार ३ सय ६४ को मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८६ हजार ६ सय ५ पुगेको छ। त्यहाँ ८ हजार १ सय २ जनाको संक्रमणबाट मृत्यु भएको छ।
