नेपालमा थप ४ सय ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

Share:

काठमाडौँ । शुक्रबार नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४ सय २४ जना पुरुष र २४ जना महिलामा कोरोना संक्रमण देखिएको हो।

शुक्रबार मोरङका ३ जना, झापाका १३ जना, महोत्तरीका १०, चितवनका ८ जना, धादिङका २९ जना, सप्तरीका १७ जना, उदयपुरका ३ जना, सिरहाका ११ जना, इलामका १ जना, सुनसरीका १० जना, पर्वतका १३ जना, स्याङ्जाका २२, नवलपरासी पूर्वका ५ जना, तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बर्दियाका १५ जना, बाँकेका १ जना, धनुषाका १५ जना, महोत्तरीका ६ जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ४ जना, दाङ ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अर्घाखाचिका २ जना, गुल्मीका १ जना, पाल्पाका १ जना, प्युठानका २ जना, रुपन्देहीका १६ जना, नवलपरासी पश्चिमका २ जना, बाराका १ जना, नुवाकोटका १ जना, रौतहटका ८६ जना र काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार नाघेको छ । प्रवक्ता डा गौतमका अनुसार नेपालमा संक्रमित ५ हजार ६२ पुगेकोे छ ।
हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना डिस्चार्ज भएका छन् । जसमध्य ४ जना महिला र १२ जना पुरुष रहेका छन् ।

पाटन असपतालबाट १ जना, कोभिड–१९ युनिफाइट कमाण्ड अस्पतालबाट ३ जना, काठमाडौँ मेडिकल कलेज दुवाकोटबाट ३ जना, वी पी कोइराला प्रतिष्ठान धरानबाट ८ जना, हाम्स पस्पताल काठमाडौँबाट जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् ।

यस सँगै संक्रमणमुक्त हुनेको संख्या ८ सय ७७ पुगेको छ । जसमध्य ७८६ जना पुरुष र ९१ जना महिला छन् ।

हालसम्म १६ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: