कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अर्घाखाँचीका एक जनाको मृत्यु भएको हो।

जेठ २९ गते अर्थात हिजो मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको ५७ वर्षीय पुरुषको आज मृत्यु भएको हो। उनी भारतबाट १२ दिनअघि आएका थिए। भारतबाट फर्किएपछि उनी क्वारेन्टाइनमा बसेका थिए। उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो।

स्वाशप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी संक्रमणमुक्त नहुँदै डिस्चार्ज गरिएको थियो। उनलाई अर्घाखाँची लैजाने क्रममा कोभ्रेखोला भन्ने स्थानमा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: