पर्वतमा मुसलधारे पानी, दुर्लुङ ढकालबारीमा पहिरोले दुई घर पुरिँदा ३ जनाको मृत्यु, ६ बेपत्ता

Share:

पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुरिएका छन् ।  भिषण वर्षाका कारण राति ९ बजे पहिरो झरेको स्थानियले बताएका छन् । पहिरो गएको स्थान ढकालबारी, काफलचौर सरुनचौर क्षेत्र हो ।

अहिले राति ११ बजेसम्मको समयमा ३ जनाको शव भेटिएको छ । ६ जना पहिरोमै बेपत्ता रहेको घटनास्थलमा रहेका प्रहरीको भनाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार पहिरोले पुरिएर अन्य ६ जना सम्पर्क विहीन छन् । अहिले भिषण पानी परिरहेको र खोजी कार्यलाई पनि जारी राखिएको उनले बताएका छन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका तुलबहादुरकी श्रीमती मिनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्।

वडा नम्बर तीनका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार कमला विकको पनि शव फेला पारिएको छ । उद्धारका लागि नेपाली सेनासहितको टोली पनि घटनास्थल पुगेको छ ।

थप विवरण आउन बाँकी

कमेन्ट गर्नुहोस्
Share: