
पोखरा । गण्डकी प्रदेशका आइतबार थप २ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नवलपरासी देबचुली नगरपालिकाको क्वारेन्टिनमा रहेका २३ र ३२ बर्षीय २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारि गरिएको बताइएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ६० जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४५ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ४ जना, पर्वतका २६ जना, गोरखाका १५ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
