
दुर्लुङ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती गएको पहिरोमा बेपत्ता भएका जेनिश बिकको शव भेटिको छ । ४ दिन सम्म खोज्दा नभेटिएपछि आज प्रत्येक घरका १/१ जना सदस्य जुटेर स्थानीयले बिहानै देखि खोजेका थिए । घर भन्दा निकै तल शव भेटिएको हो ।
पहिरोले घर पुरिँदा बेपत्ता बनेकामध्ये ८ जनाको शव फेला यसअघि परिसकेपनि १३ वर्षीय जेनिशको शव भेटिएको थिएन ।

मृत्यु हुनेहरुमा जिल्ला पर्बत कुश्मा न.पा. ३ काफलचौर बर्ष ५२ को तुल ब.थापा, निजको श्रीमति बर्ष ५२ की मिन कुमारी थापा र नातिनी बर्ष ८ की बिबिसा थापा रहेका छन । त्यसैगरी, सोहि स्थान बस्ने बर्ष ३० की दिपा थापा, बर्ष २६ की कमला वि.क., बर्ष ७ की प्रमिसा वि.क., बर्ष १७ का विवेक थापा र बर्ष १४ का सम्राट थापा को पनि ज्यान गएको छ । जेनिश मात्र हराइरहेका थिए ।
