सरकारले घटायो बिजुलीको शुल्क, अब कति तिर्नुपर्छ ?

Share:

काठमाडौँ – विद्युतको नयाँ शुल्क निर्धारण भएको छ । यहि असार महिनादेखि लागु हुने गरी विद्युत निमयन आयोगले नयाँ शुल्क निर्धारण गरेको हो ।

विद्युत क्षेत्रको नियमन गर्ने आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको छ ।

नयाँ महशुलमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ ।

सिंगल फेजको तल्लो भोल्टेज (२३० भोल्ट) को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाटसम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्छ ।

तर यही फेजमा १५ एम्पिएरमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ । ३० एम्पिएर मा ७५ रुपैयाँ शुल्क र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने भएको छ । ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।

बिजुलीको उपभोग शुल्क निर्धारण गर्दा सुरुमा १ देखि १० युनिटसम्म, त्यसपछि प्रत्येक क्यापअनुसारको युनिटमा मूल्य निर्धारण गर्दै जोड्दै जानुपर्ने छ ।

यसैबिच आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइनको व्यवस्था भने खारेज गरेको छ । लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिँदै आइएको थियो । पछिल्लो समय लोडसेडिङ हटे पनि शुल्क कायमै रहेको भन्दै उद्योगीले सरकारको आलोचना गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: