
काठमाडौँ । सुदूरपश्चिम बाहेक अरु क्षेत्रमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन अहिले कर्णाली प्रदेशसम्म पुगेको छ । मनसुन सुदूरपश्चिमतर्फ सर्ने क्रममा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
माथिल्लो वायुमण्डलमा उच्चचापीय क्षेत्रको प्रभाव देखिएकाले कर्णालीबाट मनसुन अगाडि बढ्न नसकेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश २, वाग्मती, गण्डकी, र कर्णालीमा सामान्य बदली रहने र बाँकी प्रदेशमा पुर्ण बदली रहने महाशाखाले जनाएको छ ।
त्यस्तै राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ ।
आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
