
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ८३ लाख २९ हजार २ सय २२ पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ४ लाख ४८ हजार ४ सय ७४ संक्रमितको मृत्यु भएको छ । यस्तै विश्वभर ४० लाख ५६ हजार ८ सय ७२ जना संक्रमित भने उपचार पछि निको भएका छन् ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा २१ लाख ६१ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख १७ हजार ६ सय ९४ संक्रमितको मृत्यु भइसकेको छ।
त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ९ लाख ५५ हजार ३ सय ७७ पुगेको छ । त्यहाँ ४६ हजार ५ सय १० संक्रमितको मृत्यु भएको छ । रुसमा ५ लाख ५२ हजार ५ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ ।
यता भारतमा ३ लाख ५४ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । बेलायतमा ३ लाख ७ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४२ हजार २ सय ३८ संक्रमितको मृत्यु भएको छ ।
