
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ८४ लाख ६४ हजार ७ सय ३९ पुगेको छ। यस्तै विश्वभर ४ लाख ५३ हजार २ सय ९० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने विश्वभर ४१ लाख ४२ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै प्रभावित अमेरिकामा २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख १८ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँ ४७ हजार ७ सय ४८ संक्रमितको मृत्यु भइसकेको छ । रुसमा ५ लाख ६० हजार ३ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
यता भारतमा ३ लाख ६६ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ हजार २३७ पुगेको छ । बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४२ हजार ३ सय ७३ संक्रमितको मृत्यु भइसकेको छ ।
