पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक बाहेक सबै सेवा बन्द

Share:

पर्वत । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।

असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो।

‘यस अस्पतालका ५ जना स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ पोजेटिभ देखिएको हुँदा यस पर्वत अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द रहने व्यहोरा जानकारी गराइन्छ’, अस्पतालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ।

कमेन्ट गर्नुहोस्
Share: