
काठमाडौँ । आज (शुक्रबार) देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने संभावना रहेको जनाइएको छ ।
केही स्थानमा ठुलो पानी पर्ने सम्भावना समेत रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
