विश्वभर कोरोनाबाट ८६ लाख ३९ हजार संक्रमित, ४ लाख ५९ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर ८६ लाख ३९ हजार २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। संक्रमित मध्य ४२ लाख ३३ हजार ६ सय २ जना संक्रमणमुक्त भएका छन् भने विश्वभर ४ लाख ५९ हजार ४ सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार विहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २२ लाख १९ हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ सर्वाधिक १ लाख १९ हजार ८६ संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ४८ हजार ९ सय ५४ संक्रमितको मृत्यु भएको छ । रुसमा ५ लाख ६८ हजार २ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ। ७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।

यता भारतमा ३ लाख ८० हजार ५ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि १२ हजार ५७३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: