
पोखरा । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा प्रकाशित शनिबार विहानको सूचना अनुसार प्रदेशका ७ जिल्लाका थप ५८ जनामा कोरोना भाइरस देखिएको हो ।
निर्देशनालयका अनुसार संक्रमण देखिनेमा कास्कीको मादी गाउँपालिकाका एक १९ महिने बालिका र ४१ बर्षीय पुरुष सहित तनहुँका २५ जना पुरुष, बागलुङका ७ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष, गोरखाका ५ जना पुरुष, म्याग्दी र स्याङ्जाका १र१ जना पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । ती मध्य २३ जना महिला छन् भने ४१५ जना पुरुष छन् ।
गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्ता पूर्वका ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसपछि क्रमशः स्याङ्जाका ७६ जना, बागलुङमा ७४ जना, तनहुँका ६८ जना, पर्वतका ४३ जना, गोरखाका ४१ जना, कास्कीका १५ जना, म्याग्दीका ४ जना, लमजुङ र मनाङका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।
प्रदेशमा संक्रमित मध्ये ३९ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

