सुवास ढुंगानाको धन्यवाद तिमीलाई (भिडियोसहित)

Share:

पोखरा । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाका कारण विश्व नै लकडाउनको स्थितिमा छ । लकडाउनले गर्दा अहिले हरेक क्षेत्र हरेक व्यवसायहरु ठप्प छन् । यसको मारमा ग्ल्यामर क्षेत्रले पनि खेपी रहेको छ ।

तर लकडाउन मै केही गायकहरुले भने अफ्नो सृजनालाई दर्शक स्रोताहरु माझ ल्याइरहेका छन् । यसै बिचमा गायक सुवास ढुंगानाले धन्यवाद तिमिलाई बोलको गित सार्वजनिक गरेका छन् । पोखराको केही सिमित ठाउँमा सिमित स्रोत र साधन प्रयोग गरी अहिलेको माहोलमा यो भिडियोको निर्माण गरिएको छ । भिडियोमा कलाकार साधना शर्मा र धर्म शर्माको अभिनय रहेको छ । भिडियोको छायांकन अमित नेपालीले गरेका हुन् भने सम्पादन नेत्र गुरुङ्गले गरेका छन् ।

भिडियो निर्देशन रोहन नेपालीले गरेका छन् । भिडियो गयक ढुंगानाले आफ्नो युटुब च्यनालबाट दर्शक श्रोता माझ ल्याएका हुन् । उनको यसअघिको ब्ल्याक व्यूटी बोलको गीत दर्शक स्रोताले अत्याधिक मन पराएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: