
काठमाडौँ । नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४९ जना महिला र २ सय ८२ जना पुरुष गरी ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज झापाका १ जना, सुनसरीका २ जना, मोरङका ८ जना, महोत्तरी २४ जना, सर्लाहीका ९ जना, बाराका ४ जना, बाग्लुङका २० जना, बैतडीका १८ जना, गुल्मीका १८ जना, डडेलधुराका १२ जना, डोटीका ६१ जना, कैलालीका ३ जना, काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी नवलपरासी पूर्वका ३२ जना, नवलपरासी पश्चिमका १ जना, पाल्पाका ३३ जना, रामेछापका ३ जना, रौतहटका ७ जना, रुपन्देहीका १ जना, धादिङका ८ जना, भक्तपुरका ७ जना, स्याङ्जाका १ जना, तनहुँका २३ जना, बाँकेका १४ जना, बर्दियाका ७ जना, रुकुम पश्चिमका १ जना, दाङका ४ जना, प्युठानका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।
यसैगरी शनिबार थप १ सय ७६ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा सिरहा अस्पतालबाट २६ जना, आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१, सुशिल कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट १३ जना, कोशी अस्तपाल विराटनगरबाट १० जना, प्रदेशिक अस्पताल सुर्खेतबाट २४ जना, कोभिड विशेष अस्पताल दाङबाट ५ जना पछि निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै, मनहरी आइसोलेसन अस्पताल मकावनपुरबाट ६ जना, डडेल्धुरा अस्पतालबाट २ जना, अछाम जिल्ला अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पतालबाट ९ जना, प्रादेशिक अस्पतालबाट धनगढीबाट ८ जना, टिकापुर अस्पताल कैलालीबाट ४ जना, नेपालगञ्ज अस्पतालबाट १ जना, महाकाली अस्पताल कञ्चनपुरबाट १४ जना, भरतपुर अस्पताल चितवनबाट ६ जना डिस्चार्ज भएका छन् ।
योसहित नेपालमा १ हजार ५ सय ७८ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
