देशभर मनसुन सक्रिय,केही ठाउँमा भारी वर्षाको सम्भावना

Share:

पोखरा । देशभर मनसुनी गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन अब सुदूरपश्चिमसम्म पनि पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । हाल देशभर नै मनसुनी झरी परिरहेको छ ।

सोमबार (आज) प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिनभर देशका अन्य ठाउँमा पनि मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा समान्य बदली र बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ भने देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: