आज सुनको भाउ घट्यो

Share:

काठमाडौँ । आज (मंगलबार) सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । सोमबार तोला मै ९१ हजार रुपैयाँ पुगेको सुनको भाउ आज तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार अहिलेसम्म कै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । अस्ति आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।

कमेन्ट गर्नुहोस्
Share: