
पोखरा । गौरवशाली विगत, चुनौतिपूर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने उद्घोषका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्धारा आयोजित शिक्षक अनलाइन कार्यशाला भइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिक्षा बजेटमा आएको संस्थागत विद्यालयले सामुदायिक विद्यालयको पूर्वाधार विकास र अनुगमनजस्ता कार्यक्रम त्रुटिपूर्ण भएको भन्दै इसिडी अनि कर्मचारी तलबमानमा सच्याउनुपर्ने भनेर उपसमितिको वैठकले सिफारिस गरिसकेको र केही दिनमा यसको परिणाम बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठीले बन्दाबन्दीको समयमा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणका लागि शिक्षकलाई पनि प्रविधिमा जोड्नुपर्ने आवश्यकता रहेको महसुस गरेकाले यस्तो कार्यशाला गरेको बताए ।
कार्यशालाको दवौँ दिन गुगल ड्राइभ र डकुमेन्टसम्बन्धी कार्यशालामा नेपाल राष्ट्रिय शिक्षक द्धय भीम सुवेदी र खेम पौडेलले सहजीकरण गरेका थिए ।
कार्यक्रमको समीक्षा संगठन गण्डकी प्रदेश उपाध्यक्ष गङ्गा शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका केन्द्रिय सदस्य लोचना अधिकारी, रसुवा जिल्ला सचिव राजन न्यौपानेले शुभकाममना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन महानगर समिति सचिव झलक पौडेलले गरेका थिए भने अध्यक्ष विष्णुहरि त्रिपाठीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
