कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, मृतक संख्या २४ पुगे

Share:

काठमाडौँ । नेपालमा थप एकजनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

उनको सोमबार राती साढे ९ः३० बजे प्रदेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार उनी क्षयरोग र दमको समेत बिरामी थिए । उनलाई दुल्लु अस्पताल दैलेखबाट असार ३ गते प्रदेशिक अस्पताल सुर्खेतमा रिफर गरिएको थियो

असार ३ गते सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनमा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कर्णाली प्रदेशमा मात्र ५ जना पुगेको छ भने नेपालमा मृतक संख्या २४ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: