आज थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १० हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९० जना महिला र ४४८जना पुरुष गरी ५३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १, सुनसरीका ३ र सप्तरीका २ जना संक्रमित भेटिएको छ।

कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका १, तेह्रथुमका २ र झापा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना, मोरङका जनामा कोरोना संक्रमण पुष्टि भएको हो। राजविराजस्थित प्रयोगशालामा सप्तरीका १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ र सप्तरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका २, अर्घाखाँचीका २, बागलुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका १, धादिङका १८, गोरखाका १३, गुल्मीका ३, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका ७, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्यूठानका ५, रौतहटका १३, रुपन्देहीका १, सर्लाहीका २, सिरहाका ७, स्याङजाका ९ र तनहुँका १ जनामा पुष्टि भएको छ ।

किट रोग अनुसन्धान तालिम केन्द्र हेटौडा प्रयोगशालामा धनुषाका ३९ छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गोरखाका १६, स्याङजाका ६, बागलुङका ८, कास्कीका १, लमजुङका ५, नवलपरासी पूर्वका १, तनहुँका ७, स्याङजाका ७ र पर्वतमा १ जना कोरोना पुष्टि भएकोे छ।

त्यस्तै प्रादेशिक स्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २, पाल्पाका ४८, रुपन्देहीका २ र प्यूठानका ४५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १९, सुर्खेत प्रयोगशालामा सल्यानका ४, सुर्खेतका २३ जना , दैलेखका १५ जना र हुम्लाका १जना संक्रमित भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै कर्णाली स्वास्थ्य विज्ञान जुम्ला प्रयोगशालामा कालीकोटका १ र दैलेखका १९ जना कोरोना पुष्टि भएकोे छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका ५, बझाङका ३ र डडेल्धुराका ३, कैलालीका २२ र कञ्चनपुरका ८ जना कोरोना संक्रमण पुष्टि भएकोे छ।

यससँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार थप ७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट ८ महिला र ६८ जना गरी ७६ जना निको भएका हुन्।योसहित नेपालमा हालसम्म जना २ हजार २ सय २४ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म २४ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: