विश्वभर कोरोना संक्रमितको संख्या ९४ लाख नाघ्यो, ४ लाख ८२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९४ लाख नाघेको छ। हालसम्म विश्वमा ९४ लाख ७ हजार ७८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमित मध्य विश्वमा ४७ लाख २९ हजार ४ सय २३ जना उपचार पछि निको भइसकेका छन् भने विश्वमा ४ लाख ८२ हजार १ सय २८ जनाले कोराना संक्रमणबाट ज्यान गुमाएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा २३ लाख ७८ हजार ६ सय ४८ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २१ हजार ९ सय ३२ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा ११ लाख ८८ हजार ६ सय ३१ जना संक्रमित भएका छन् भने ५३ हजार ८ सय ३० को मृत्यु भएको छ। रुसमा ६ लाख ६ हजार ४३ जना संक्रमित छन् भने त्यहाँ ८ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।

यता भारतमा ४ लाख ५६ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ१४ हजार ४ सय ७६ संक्रमितको मृत्यु भइसकेको छ। बेलायतमा ३ लाख ८ हजार ३ सय ३६ जना संक्रमित भएका छन् भने त्यहाँ ४३ हजार १ सय ५६ को मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: