
काठमाडौँ । नेपालमा थप ४७६ जनामा कोरोना भाइरस कोरोना (कोभिड–१९)को संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ११२ जना महिला र ३६४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा मोरङका १ जना, सप्तरीका १५ जना, धनुषाका ६ जना, महोत्तरीका ४ जना, पर्साका १ जना, बाग्लुङका १४ जना, अर्घाखाँचीका ३८ जनाभक्तपुरका १ जना, धनकुटाका १ जना, गोरखाका ५ जना, गुल्मीका २० जना, खोटाङ १ जना, पाल्पाका २६ जना, पर्वतका १३ जना, प्युठानका ९ जना, रौतहटका १८ जना, रोल्पाका १ जना, रुपन्देहीका ५ जना, स्याङ्जाका ८ जना, तनहुँका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै धादिङका २ जना, काठमाडौँका ६ जना, चितवनका ४ जना, कैलालीका ३० जना, बाराका ३ जना, मकावनपुरका १ जना, काभ्रेका १ जना, ललितपुरका १ जना, बाजुराका ९८ जना, कपिलवस्तुका २ जना, डोल्पाका २ जना, कालिकोटका २ जना, दाङका ५८ जना, रुकुम पश्चिमका १ जना, डोटीका ६९ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १३ हजार २४८ जना पुगेको छ। ती मध्य १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन् ।
देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
थप १२१ जना कोरोना संक्रमणमुक्त
नेपालमा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्।
मन्त्रालयका अनुसार कास्कीका २ जना, स्याङ्जाका ३३ जना, पर्वतका ८ जना, तनहुँका ५ जना, म्याग्दीका ३ जना, नुवाकोटका ८ जना, झापाका १ जना, सर्लाहीका १३ जना, पर्साका २३ जना, बाँकेका ८ जना, सिरहाका १४ जना र धनुषाका ३ जना निको भएका हुन्।
योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।
