मौनताले ‘आँधी तुफान–२’ बनाउने

Share:

पोखरा । स्क्रिप्ट राइटर तथा चलचित्र निर्माता मौनता श्रेष्ठले ‘आँधी तुफान–२’ निर्माण गर्ने भएकी छन् । लकडाउन अवधिभर आफूले ‘आँधी तुफान–२’ गर्नको लागि स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने निर्माता श्रेष्ठले जानकारी जानकारी दिइन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनोटकै क्रममा रहेको छ ।

नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण तथा अत्याचार, नारी जागरणको विषयलाई प्रमुखताका साथ उठान गर्दैछु’ लेखक समेत रहनुभएकी निर्माता श्रेष्ठ भन्नुहुछ ‘केही नयाँका साथमा केही अनुभवी कलाकारलाई प्रस्तुत गर्नेछौं ।’ कार्यकारी निर्माता रत्नले फिल्को कथावस्तु मन परेकोले उत्साहित रहेको बताइन् ।

मौनता श्रेष्ठले २०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा ‘आँधी तुफान’ निर्माण गरेकी थिइन् । सो फिल्मले व्यवसायिक सफलता हासिल गरेको थियो ।

लेडि एक्सन फिल्म ‘आँधी तुफान’ मा पुजना प्रधान, ऋता घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका रहेको थियो । ‘आँधी तुफान–२’ पनि नारी कथानक हुने श्रेष्ठले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
Share: