
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैंया तथा डिजेल तथा मट्टितेलको मूल्य २–२ रुपैयाँले वृद्धि गरिएको हो ।
बढेको मूल्य गएराति १२ बजेदेखि नैं लागु भईसकेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
