खेलकुद ऐन आजबाट कार्यान्वयनमा

Share:

काठमाडौँ । राष्ट्रिय खेलकुद विकास ऐन आजबाट कार्यान्वयनमा आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट असारको दोस्रो साता प्रमाणीकरण भएको विधेयक आजबाट कार्यान्वयनमा आउने भएको हो ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई राष्ट्रपति भण्डारीले असार ११ गते प्रमाणिकरण गरेकी थिईन् । ऐन प्रमाणिकरण भएको सातौं दिनबाट लागु हुने उल्लेख छ । सोही अनुसार असार १७ गतेबाट ऐन कार्यान्वयनमा आउने भएको हो ।

खेलकुद विकास ऐन २०४८ लाई संशोधन गर्दै सरकारले नयाँ ऐन कार्यान्वयन ल्याएको हो । खेलकुद क्षेत्रलाई थप ब्यवस्थित बनाउन भन्दै सरकारले लामो समयदेखि नयाँ ऐन निर्माणको गृहकार्य गरिरहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: