
पोखरा । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिकाका ३० बर्षीय पुरुषसहित गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
नयाँ संक्रमितहरुमा कास्कीका १ पुरुष , तनहुँका १ महिला, स्याङ्जाका ६ पुरुष तथा २ महिला, गोरखाका २ पुरुष तथा १ महिला बागलुङका ३ महिला र नवलपुरका १० पुरुष तथा २ महिला रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको संख्या ९ सय ९४ जना पुगेको छ । संक्रमित मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा २ जना सङ्क्रमितको भने मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्

