४५ जना गुरुङ लामालाई गुरुङ (तमु) लामा बौद्ध समाजको दक्षिणा

Share:

पोखरा । गुरुङ(तमु)लामा बौद्ध समाजले मंगलवार गुरुङ लामाहरुलाई दक्षिणा वितरण गरेको छ।कोभिड १९ कोरोना भाइरसको महामारीले प्रभावित लामा गुरुहरुलाई समेत प्रभावित बनाइरहेको बेला गुरुङ(तमु)लामा बौद्ध समाज केन्द्रीय समितिले पुण्य सञ्चय गर्न ४५ पोखरा क्षेत्रका ४५ जना गुरुङ(तमु)लामा गुरुहरुलाई १ लाख ३५ हजार दक्षिणा वितरण गरेका हुन् ।

दशमीको पुण्य तिथिको अवसर पारेर कोरोना भाइरस एवम लामो लकडाउनबाट प्रभावित लामा गुरुहरुलाई गुरुङ(तमु)लामा बौद्ध समाजको तर्फबाट जनही २ हजार र सहयोगदाता चिनबहादुर र आशादेवि गुरुङबाट जनही एक एक हजार गरी तीन हजार रुपैयाका दरले दान दक्षिणा वितरण गरिएको थियो।

उक्त दक्षिणा गुरुङ(तमु)लामा बौद्ध समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङ, पोखरा क्षेत्रीय संयोजक लामा गुप्ती गुरुङ, दाताहरु चिनबहादुर गुरुङ र आशादेवि गुरुङले दक्षिणा वितरण गरेका थिए ।

पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदन गुम्बामा आयोजित कार्यक्रममा गुरुङ(तमु)लामा बौद्ध समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङले पुण्य सञ्चय गर्न केन्द्रीय समितिले दाताहरुको सहयोगमा कोरोना भाइरस महामारीका कारण लामो लकडाउनले प्रभावित गुरुङ लामाहरुलाई दशमीको पुण्यतिथिमा दक्षिणा वितरण गरेको बताए । उनका अनुसार केन्द्रीय समितिको कार्यक्रम अनुसार पुर्व एक नम्बर, काठमाण्डौ, चितवनमा दक्षिणा वितरण गरिएको र पोखरा क्षेत्रमा पनि दान दक्षिण वितरण गरिएको हो। कोरोनाको कहरको बेला पुजा र पितृ कार्यमा पनि सिमित लामा गुरुहरुबाट कार्य गरिने भएकाले लामा गुरुहरु प्रभावित हुनुभएकाले दक्षिणाबाट दैनिकीमा सघाउने, दान दक्षिणबाट पुण्य आर्जनका साथै लामा गुरुहरुलाई पनि सामाजिक सेवामा प्रेरित गर्न दक्षिणा वितरण कार्यक्रम गरेको अध्यक्ष खेन्पो शिर लामा गुरुङले जानकारी दिए ।

कार्यक्रममा दक्षिणा रकम संकलनको बारेमा जानकारी दिनुहुदै समाजका केन्द्रिय कोषाध्यक्ष खेन्पो सन्तोष गुरुङले लामा गुरुहरुलाई दक्षिणाका लागि केन्द्रीय समितिबाट ५० हजार, बौद्ध अर्घौ सदन लामा केन्द्रबाट २५ हजार, केन्द्रीय अध्यक्ष खेन्पो शिर लामा गुरुङ, खेन्पो सन्तोष गुरुङ, खेन्पो दशरथ गुरुङ, लामा गुप्ती, लामा ओमबहादुर गुरुङ लगायत सहयोगदाताहरुबाट १ लाख ८ हजार ९५० रुपैया संकलन भएको बताए ।

गुरुङ(तमु)लामा बौद्ध समाज पोखरा क्षेत्रीय सचिव लामा पारसिंह गुरुङले दक्षिणा प्राप्त गर्ने लामा गुरुहरुको नाम बाचन गर्नुभएको थियो भने क्षेत्रीय संयोजक लामा गुप्ती गुरुङले सहयोगदाता चिनबहादुर गुरुङ र आशादेवी गुरुङलाई खादा लगाएर धन्यवाद दिदै सहयोगी सबैलाई धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: