नेपालमा थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ११७ जना महिला र ३६५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा झापाका २१ जना, सिराहाका २ जना, सुनसरीका १ जना, इलामका २ जना, मोरङका ३ जना, ताप्लेजुङका १ जना, धनुषाका २१ जना, महोत्तरीका ३६ जना, पर्साका १ जना, अछामका १२६ जना, बझाङका१८ जना, बजुराका ४३ जना, गोरखाका ३ जना, कैलालीका २७ जना, कञ्चनपुरका १० जना, पर्वतका १ जना, काठमाडौँका १० जना, चितवनका १२ जना, नवलपरासी पूर्वका ११ जना, बाराका १ जना, भक्तपुरका २ जना, ललितपुरका ५ जना, डोटीका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङका ३ जना, स्याङजाका ८ जना, तनहुँका १ जना, कास्कीका ३ जना, लम्जुङ १० जना, अर्घाखाँचीका १ जना, गुल्मीका ८ जना, नवलपरासीका १ जना, पाल्पाका २ जना, बाँकेका ११ जना, बर्दियाका ११ जना दैलेखका २ जना, कालिकोटका २ जना, सल्यानका १५ जना, सुर्खेतका २२ जना, दाङ २ जना, जुम्लाका १ जना, बैतडीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १४ हजार ४६ जना पुगेको छ। ती मध्य १ हजार ७ सय ७४ जना १२ हजार २ सय ७२ जना पुरुष छन् ।

नेपालमा हालसम्म ४ हजार ६ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै २९ कोरोना संक्रमितको भने मृत्यु भएकोे छ।

कमेन्ट गर्नुहोस्
Share: