कविशिरोमणी लेखनाथ आधारभूतका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

Share:

पोखरा । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास वैंकले पोखरा महानगरपालिका वडा नं २७ अर्घौ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै वैंकले वुधवार विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गरी वैंकका कार्यकारी निर्देशक रेशम थापाले विद्यालय व्यवपस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेल र प्रधानाध्यापक गुरुप्रसाद सापकोटालाई पोशाक तथा स्टेशनरी प्रदान गरेका हुन् ।

कक्षा पाँचसम्म रहेको उक्त विद्यालयमा अधिकाम्श गरीव तथा विपन्न वर्गका ४३ जना विद्यार्थीहरु अध्ययनरत छन् । पोशाक तथा स्टेशनरीले विद्यार्थीलाई नियमीत विद्यालय आउन सहयोग पुग्ने विश्वास लिईएको विद्यालय व्यउवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलले बताए ।

सामाग्री हस्तान्तरण गर्दै वैंकका कार्यकारी निर्देशक थापाले विभिन्न क्षेत्रमा क्रियाशिल सामाजिक संघसस्थासँग सहकार्यगर्दै वैंकले निरन्तर सहयोग गर्दै जाने बताए । गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले सरकारी विद्यालयको शैक्षीक स्तरउन्न्ती गर्न आवश्यक रहेको भन्दै उनले प्राविधिक शिक्षामा जोडदिनुपर्ने बताए ।

वडाअध्यक्ष पुर्णकुमार गुरुङले सामूदायिक विद्यालयको शैक्षिकस्तर उकास्न निर्वाचित जनप्रतिनिधिको टिम निरन्तर लागेको भन्दै भौतिक पूर्वाधार सम्पन्न विद्यालयमा पनि विद्यार्थी संख्यामा कमी आँउदा विद्यालयको उन्नती र प्रगती हुन नसकेको बताए । विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको संचालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: