
काठमाडौँ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अछामको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार असार १४ गते मृत्यु भएको थियो र उनी मधुमेहका बिरामी थिए । मृतक पुरुषको असर १५ गते स्वाब सङ्कलन गरिएकोमा असार १६ गते परिक्षण नतिजा पोजेटिभ आएको थियो।
यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
नेपालमा हालसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। ४ हजार ६ सय ५६ जना भने निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
