म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Share:

म्याग्दी । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मङ्गलबार राती म्याग्दीको बेनी नगरपालिका ४ बरन्जाबाट सदरमुकाम बेनी आउँदै गरेको ट्याक्टर पल्टिदा सोही ट्याक्टरको चालक रेशम दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ त ४०४६ नम्बरको खाली ट्याक्टर सडकबाट ३० मिटर तल खस्दा बेनी नगरपालिका ५ पुल्लाचौर घर भएका २३ वर्षीय दर्जीको च्यापिएर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: