
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गराएर अस्पतालबाट फर्किएका छन्।
प्रधानमन्त्री ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्र गएको र अत्यावश्यक परीक्षण गरी फर्किएका उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्रीलाई समस्या आएर नभइ नियमित जाँचको लागि अस्पताल लगिएको पनि उनले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
