गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार विहान गण्डकी प्रदेशका ४ जिल्लामा नयाँ संक्रमित देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार तनहुँका ३ पुरुष, पर्वतका २ पुरुष, स्याङ्जाका २ पुरुष र बागलुङका १ पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ ।

संक्रमण पुष्टि भएका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म २ सय ८७ जना संक्रमित उपचार पछि निको भएका छन् भने २ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: