कोरोनाबाट विश्वमा १ करोड ६ लाख बढी संक्रमित, ५ लाख १४ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड ६ लाख ५३ हजार ९ सय ८७ पुगेको छ । यस्तै विश्वमा हालसम्म ५ लाख १४ हजार ६ सय ९७ संक्रमितको मृत्यु भइसकेको छ भने ५४ लाख ४२ हजार ७ सय ४९ जना संक्रमण मुक्त भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २६ लाख ८२ हजार २ सय ७० पुगेको छ भने १ लाख २८ हजार २८ जनाको मृत्यु भएको छ।

यस्तै ब्राजिलमा संक्रमितको संख्या १४ लाख ४८ हजार ७ सय ५३ पुगेको छ । त्यहाँ संक्रमणबाट मृत्य हुनेको संख्या ६० हजार नाघेको छ। रुसमा ६ लाख ५३ हजार ४ सय ७९ जना संक्रमित र ९ हजार ५ सय २१ जनाको मृत्यु भएको छ।

यता भारतमा संक्रमितको संख्या पाँच लाख ८५ हजार ४९३ पुगेको छ भने मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: