प्रचण्ड र ओली निकटका नेताहरु बिच छलफल

Share:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निकटका नेताहरुसँग छलफलमा जुटेका छन् । नेकपा भित्र विवाद सिर्जना भएपछि शिर्ष नेताहरु प्रचण्ड निवास खुमलटारमा आज (बिहीबार) बिहान छलफलमा जुटेका हुन्।

छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।

स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: