
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकीमा ३२ जना नयाँ संक्रमितहरु थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार नवलपरासी पूर्व कावासोतीका ११ जना पुरुष तथा ३ महिला र मध्यविन्दुका ४ पुरुष तथा १ महिला गरी १९ जना, तनुहँ भिमादका २ पुरुष तथा ऋषिङका ७ जना पुरुष गरी ९ जना, पर्वतको विहादी, फलेबार तथा पैंपुका १/१ जना गरी ३ जना र बागलुङ जैमिनीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने काम भइरहेको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म २ सय ८७ जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

