
काठमाडौँ । कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर १ करोड ८ लाख ५ हजार १ सय १७ पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार हालसम्म कोरोनाबाट ५ लाख १९ हजार ८ सय ५२ को मृत्यु भइसकेको छ। यस्तै हालसम्म विश्वभर ५७ लाख ५ हजार ३ सय २६ जना संक्रमित भने निको भएका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या २७ लाख ३२ हजार ६ सय ३९ पुगेको छ भने १ लाख २८ हजार ६ सय ५१ को मृत्यु भएको छ ।
यस्तै ब्राजिलमा १४ लाख ९६ हजार ८ सय ५८ संक्रमित छन् । त्यहाँ ६१ हजार ८ सय ८४ संक्रमितको मृत्यु भइसकेको छ । रुसमा संक्रमित संख्या ६ लाख ६० हजार २ सय ३१ पुगेको छ । त्यहाँ ९ हजार ६ सय ६८ संक्रमितको मृत्यु भएको छ ।
यता भारतमा संक्रमितको संख्या ६ लाख ४ हजार ६ सय ४१ पुगेको छ भने १७ हजार ८ सय ३४ को मृत्यु भएको छ। बेलायतमा संक्रमित संख्या ४ लाख १ हजार ५ सय ३ पुगेको छ भने त्यहाँ ४४ हजार ८० को मृत्यु भइसकेको छ।
