
पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र गोरखामा गरि ९ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ४ पुरुषसहित गोरखाको शहिद लखनका १ पुरुष तथा एक महिला र गोरखा पालुङटारका ३ पुरुष गरी ५ संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १ हजार ८८ जना पुगेको छ ।
गोरखा पालुङटारका कोरोना संक्रमितमध्ये १ जनाको आज बिहान मात्रै मृत्यु भएकोे छ ।
कमेन्ट गर्नुहोस्

